नेपाली कांग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक पदमबहादुर परियार महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।
तनहुँ क्षेत्र नम्बर १ मा दलित समानुपातिकतर्फ उनले उम्मेदवारी दिएका थिए। चुनावी मैदानमा उनीसँगै अमृतबहादुर नेपाली, कृष्ण सुनार र रामकृष्ण विक थिए। नेपालीले चुनाव जितेका हुन्।
प्रमुख सचेतक परियारले महाधिवेशन प्रतिनिधि जितेका अमृतबहादुर नेपालीलाई बधाई दिएका छन्।
‘विजेता अमृतबहादुर नेपाली ज्यूलाई बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दै म जस्तै उपविजेताहरू कृष्ण सुनार र रामकृष्ण विकलाई सहानुभूति एवं आगामी दिनमा सफलताको कामना गर्दछु,’ उनले भनेका छन्।
परियारलाई वैशाख २९ गते राष्ट्रिय सभा प्रमुख सचेतक मनोनीत गरिएको थियो।
कांग्रेसमा जुनसुकै तहका नेता पनि वडादेखि नै निर्वाचित भएर आउनुपर्ने व्यवस्था छ। पदाधिकारी र केन्द्रीय सदस्य स्वत: महाधिवेशन प्रतिनिधि हुँदैनन्।