नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले आज वडा अधिवेशन गरेको छ।
निर्वाचन समिति संयोजक एगराज पोखरेलका अनुसार आज ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको छ।
बाँकी वडाहरूमा भोलि र पर्सि अधिवेशन हुनेछन्। गगन थापा नेतृत्वको नेपाली कांग्रेसले असोज ३ र ४ गते गरेको वडा अधिवेशनमा सहभागी नभएका देउवा पक्षले आज अधिवेशन गरेका हुन्।
देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म नेपाली कांग्रेसको १५ औँ समानान्तर महाधिवेशन गर्ने भएको छ।