नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्दराज पोखरेल महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।
उनी प्यूठानबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन्। उनले ९५० मत ल्याएका थिए।
उनले कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा रहेर पनि काम गर्दै आएका छन्।
उनी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पनि हुन्।