नेपाली कांग्रेसका नेता तथा पालुङटार नगरपालिकाका पूर्वमेयर दीपकबाबु कँडेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
गोरखा २ बाट महाधिवेशन प्रतिनिधि रहेका इन्जिनियर कँडेलले १५ औं महाधिवेशनमा केन्द्रीय सदस्य उठ्ने घोषणा गरेका हुन्।
असोज १८ देखि २२ गतेसम्म काठमाडौंमा महाधिवेशन हुँदैछ।
उनी २०७८ मंसिर २४ देखि २८ गतेसम्म काठमाडौंमा भएको १४ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य उठेका थिए।