राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ।
शनिबार अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा केन्द्रीय समिति बस्ने तय भएको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
बैठकका लागि विभिन्न कार्यसूची तय गरिएको छ।
स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन सम्बन्धमा।
विभागीय प्रमुख र उपप्रमुख मनोनयन सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ।
केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्यको नेतृत्वमा ‘हामी आउँदै छौँ’ अभियान सम्बन्धमा पनि बैठकमा छलफल हुने कार्यसूची छ।
साथै मधेस प्रदेश संगठनको अडिट रिपोर्ट सम्बन्धमा पनि छलफल हुने प्रवक्ता खरेलले जानकारी दिएका छन्।
बैठकमा अन्य विविध विषयमा छलफल हुनेछ।