नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति, संविधान सभा सदस्य, पूर्वमन्त्री एवं बागमती प्रदेश सभा सदस्य तीर्थ लामाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।
विभिन्न जिल्लाका महाधिवेशन प्रतिनिधि, जनसम्पर्क समितिका पदाधिकारी र काभ्रेपलाञ्चोक जिल्लाका दुबै क्षेत्रका महाधिवेशन प्रतिनिधिको समर्थनमा केन्द्रीय सदस्यमा उनले उम्मेदवारी घोषणा गरेका हुन्।
काभ्रेपलाञ्चोक जिल्ला सभापतिको रूपमा संगठन निर्माणमा पुर्याएको योगदान, संविधान सभा सदस्यका रूपमा संविधान निर्माणमा खेलेको भूमिका र बागमती प्रदेश सरकारको मन्त्रीका रूपमा जनताको सेवामा समर्पित अनुभवलाई साक्षी राख्दै नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेको लामाले बताए।
आफ्नो राजनीतिक यात्रा, संगठनमा निर्वाह गरेको जिम्मेवारी र सार्वजनिक सेवाको अनुभवलाई मूल्याकंन गरी केन्द्रीय सदस्यको रूपमा सेवा गर्ने अवसर प्रदान गर्न सबै महाधिवेशन प्रतिनिधीलाई आग्रह समेत गरेका छन्।