नेपाली कांग्रेसका नेता शंकर तिवारीले १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन्।
तिवारीले आइतबार बिहान काठमाडौंको दरबारमार्गमा कार्यक्रम आयोजना गरी महामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गर्न लागेका छन्।
उम्मेदवारी घोषणा कार्यक्रम बिहान ९ बजे सुरु हुने बताइएको छ।
कार्यक्रमका लागि उनले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि आग्रह गरेका छन्।
तिवारीले १५औँ महाधिवेशनमार्फत महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै आफ्नो राजनीतिक एजेन्डा र आगामी भूमिकाबारे धारणा सार्वजनिक गर्नेछन्।