नेपाली कांग्रेसका युवा नेता सचिन तिमल्सेनाले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
तिमल्सेनाले नेपाली कांग्रेसलाई सैद्धान्तिक, संगठनात्मक र रणनीतिक रूपमा थप सशक्त बनाउन आफू पूर्ण रूपमा दत्तचित्त भएर काम गर्ने प्रतिबद्धतासहित उम्मेदवारी प्रस्तुत गरेको बताएका छन्।
उनले भनेका छन्, ‘यहाँहरू सबैको आशीर्वाद र सहयोगको अपेक्षा राख्दै नेपाली कांग्रेसको युवा केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी पेश गर्दैछु। नेपाली कांग्रेसलाई सैद्धान्तिक, संगठनात्मक र रणनीतिक रूपमा थप सशक्त बनाउन पूर्ण रूपमा दत्तचित्त भई काम गर्ने वाचासहित यहाँहरूको साथको अपेक्षा राखेको छु।’
तिमल्सेनाले आफ्नो उम्मेदवारीलाई पार्टीको संगठन सुदृढीकरण र युवाको सक्रिय सहभागितासँग जोड्दै महाधिवेशन प्रतिनिधिहरूको साथ, सहयोग र समर्थनको अपेक्षा गरेका छन्।