नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।
आज कुपन्डोलमा पत्रकार सम्मेलन गरी उनले १५ औं महाधिवेशनमा उम्मेदवारी घोषणा गरेका हुन्।
आइतबारदेखि असोज २२ गतेसम्म १५ औं महाधिवेशन हुनेछ।
सत्तारले आफू सहमहामन्त्री (मुस्लिम कलस्टरतर्फ) उम्मेदवारी दिने घोषणा गरेका हुन्।
उनी १५ वर्षसम्म कांग्रेस भ्रातृ संस्था नेपाल मुस्लिम संघको नेतृत्वमा रहेर काम गरेका थिए। साथै १२ औं महाधिवेशनदेखि महाधिवेशन तथा महासमिति सदस्य छन्।
उनी २०७८ मा भएको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए। गत पुसमा भएको विशेष महाधिवेशनबाट पनि उनी केन्द्रीय सदस्य भएका थिए।
‘मैले लामो समयदेखि भ्रातृ संस्था र पार्टीमा रहेर काम गर्दै आएको छु, नेतृत्वसँगको सरसल्लाहकै आधारमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेको हुँ,’ उनले भने, ‘महाधिवेशनमा प्यानल नबनाउने कुरा भएको छ, प्रतिस्पर्धा हुन्छ।’