नेपाली कांग्रेस केन्द्रीय सदस्य पदमा दीपक भट्टराईले उम्मेदवारी घोषणा गरेका छन्।
तनहुँबाट महाधिवेशन प्रतिनिधि रहेका भट्टराई केन्द्रीय सदस्यमा उठ्ने भएका हुन्।
उनी नेविसंघबाट पार्टी राजनीतिमा सक्रिय भएका हुन्।
‘म सभापति गगन थापाजीसँगै त्रिचन्द्र क्याम्पसमा विद्यार्थी राजनीति गर्दै आएको हुँ,’ उनले भने, ‘गगनजी नै रहेको समितिमा म सहसचिव लडेको थिएँ, विद्यार्थी आन्दोलनको नेतृत्वसमेत गरेको हुँ। अहिले पार्टी राजनीतिमा सक्रिय छु।’
उनी नेविसंघ महामन्त्रीसमेत भएका थिए।
कांग्रेस महाधिवेशन आजदेखि सुरू हुँदैछ।