नेपाली कांग्रेसको उपसभापति पदमा केन्द्रीय सदस्य गोविन्द भट्टराईले उम्मेदवारी दिने भएका छन्।
आजदेखि असोज २२ गतेसम्म १५ औं महाधिवेशन हुनेछ। उक्त महाधिवेशनमा आफूले उपसभापति पदमा उम्मेदवारी दिने भट्टराईले सेतोपाटीलाई जानकारी दिए।
‘मैले उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेको छु,’ उनले भने।
भट्टराई नेविसंघका पूर्वअध्यक्ष पनि हुन्।
विगतमा नेविसंघ नेतृत्व तहमा रहेकाहरू अहिले कांग्रेस पार्टी नेतृत्व तहमा छन्।