नेपाली कांग्रेसको महाधिवेशन आजदेखि सुरू हुँदैछ।
काठमाडौंको खुलामञ्चमा दिउँसो २ बजे महाधिवेशनको उद्घाटन हुँदैछ।
महाधिवेशनमा प्रतिनिधि मात्रै साढे ७ हजार हाराहारी पुग्ने महाधिवेशन आयोजक समितिले जनाएको छ।
उद्घाटन समारोहमा कांग्रेसले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरेको छ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेबाट महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतलगायत उपस्थित हुनेछन्।
भारत, चीन, अमेरिका लगायतका मुलुकबाट विदेशी पाहुनाहरू पनि महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुनेछन्।
उद्घाटन समारोहका लागि खुलामञ्चमा भव्य तयारी गरिएको छ।
मञ्च निर्माणदेखि सहभागीहरूका लागि कुर्सी राख्ने काम पनि लगभग सकिएको छ।
मञ्चको अग्रभागमा महाधिवेशन नारा 'परम्पराको सम्मान, परिवर्तनको संकल्प' लेखिएको छ।
खुलामञ्चमा झन्डै १० वर्षपछि कुनै राजनीतिक कार्यक्रम हुन लागेको हो।
तस्बिरहरूः
तस्बिरहरूः


















सबै तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी