नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' खुलामञ्च पुगेका छन्।
नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन उनी खुलामञ्च पुगेका हुन्।
कांग्रेसले महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन उनलाई निमन्त्रणा गरेको थियो।
नेकपा एमालेबाट महासचिव शंकर पोखरेल यसअघि नै खुलामञ्च पुगिसकेका छन्।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि खुलामञ्च पुगेका छन्।
कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पनि निमन्त्रणा गरेको थियो।
-1791106486.jpeg)
-1791106485.jpeg)