नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूलाई अब क्रमभंग गर्न गाह्रो गाह्रो भएको बताएका छन्।
आइतबार नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले पहिले पहिले आफूले जस्तै कांग्रेसमा अहिले गगन थापाले क्रम भंग गरेको बताएका हुन्।
'पहिले पहिले मैले क्रमभंग गर्थँ। शान्ति प्रक्रियालाई युद्धमा लान्थे। युद्धलाई शान्तिमा ल्याउँथे। शान्तिलाई संविधानमा लैजान्थेँ। संविधानलाई गणतन्त्रमा।अब शायद मलाई क्रमभंग गर्न अलि गाह्रो गाह्रो भएको हो कि। अब पालो गगनजीहरूको। तपाईं क्रम भंग गर्दै जानुस्,' उनले भने।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पनि क्रम भंग गर्ने बेला आएको प्रचण्डको भनाइ छ।
'तपाईंले अझै क्रमभंग गर्न बाँकी छ। गर्नुस्। अनि बन्छ नेपाल,' उनले भने।