नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत आज बन्द सत्र हुँदै छ।
आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरू भएको महाधिवेशनको बन्द सत्र पनि खुला मञ्चमै हुनेछ।
बन्द सत्रमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन र महामन्त्रीले विधान संशोधन सम्बन्धी प्रस्ताव पेस हुनेछ।
बन्द सत्र अघि खुला मञ्चमै केन्द्रीय कार्यसमिति बैठक बस्दैछ।
केन्द्रीय कार्यसमिति बैठक बिहान १० बजे बस्ने गरी बोलाइएको छ।
केन्द्रीय कार्यसमिति बैठकपछि सुरू हुने बन्द सत्रमा साढे ७ हजार प्रतिनिधि सहभागी हुनेछन्।
प्रतिनिधिहरूलाई भूगोलका आधारमा हिमाल, पहाड र तराई-मधेस तीन समूहमा विभाजन गरी प्रतिवेदनमाथि छलफलमा गराइनेछ।