नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सभापतिदेखि केन्द्रीय सदस्यसम्म उम्मेदवारी दिनका लागि शुल्क निर्धारण गरेको छ।
खुला मञ्चमा जारी १५ औं महाधिवेशनमा आजैदेखि निर्वाचन कार्यक्रम सुरू हुँदैछ।
मनोनयन दर्ता भने भोलि बिहानदेखि सुरू हुनेछ।
केन्द्रीय निर्वाचन समितिका अनुसार पार्टीको सभापति पदमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क निर्धारण गरिएको छ।
उपसभापति र महामन्त्री पदका लागि ३० हजार रूपैयाँ र सहमहामन्त्री पदका लागि २० हजार रूपैयाँ तोकिएको छ।
केन्द्रीय सदस्य पदका लागि भने ११ हजार रूपैयाँ शुल्क निर्धारण गरिएको छ।
सभापति पदका लागि १० जना प्रस्ताव र १० जना समर्थक अनिवार्य गरिएको छ। उपसभापति र महामन्त्री पदका लागि ७/७ जना प्रस्तावक र समर्थक, सहमहामन्त्री पदका लागि ५/५ जना प्रस्तावक र समर्थक अनिवार्य गरिएको छ।
केन्द्रीय सदस्य पदका लागि भने ३/३ जना प्रस्तावक र समर्थक मनोनयनपत्रमा अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था छ।
आफूले उम्मेदवार हुन चाहेको पदका लागि सोही पदमा अर्को व्यक्तिको हकमा प्रस्तावक र समर्थक हुन नपाइने पनि निर्वाचन समितिले जनाएको छ।