चितवनकी देवकी गौतमले नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएकी छन्।
उनले खस आर्य क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेकी हुन्।
पुरानो पुस्ताको योगदानको सम्मान गर्दै नयाँ पुस्तालाई कांग्रेससँग जोड्ने, संगठनलाई थप समावेशी र जनस्तरसम्म बलियो बनाउने तथा सकारात्मक राजनीतिक संस्कारको विकास गर्ने लक्ष्य सहित आफुले उम्मेदवारी प्रस्तुत गरेको उनले बताएकी छन्।
संगठनात्मक सुधार, समावेशी सहभागिता र जनतासँग प्रत्यक्ष जोडिने राजनीतिक अभ्यासलाई आफ्नो प्राथमिकतामा राखेको बताइन।
कांग्रेसको जारी महाधिवेशनमा उम्मेदवारी दर्ता भोलि हुनेछ।