नेपाली कांग्रेसका केन्द्रीय सदस्य मनिष मिश्रले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
मिश्रले सहमहामन्त्री मधेसी क्लष्टरबाट उम्मेदवारी दिन लागेको बताएका छन्। उनी मधेसको राजनीतिमा सक्रिय नेता हुन्।
सर्लाहीका बासिन्दा मिश्र गएको फागुन २१ गतेको निर्वाचनको केही समयअघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। कांग्रेस प्रवेश गर्नुअघि उनी तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव थिए।
लोसपा र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच एकता हुने भएपछि मिश्र कांग्रेसमा प्रवेश गरेका थिए। कांग्रेसमा प्रवेश गरेपछि उनी केन्द्रीय सदस्य बनेका थिए।