नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक काठमाडौंको खुलामञ्चमा बसेको छ।
१५ औं महाधिवेशन स्थल खुलामञ्चमा आज केन्द्रीय समिति बैठक बसेको हो।
बैठकमा सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेस गर्ने राजनीतिक प्रतिवेदन पेस गरेका छन्।
आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको आत्मसमीक्षादेखि सरकारलाई खबरदारी, निर्वाचनपूर्व गठबन्धन नगर्ने नीति, पार्टीको पुनर्संरचना, निजी क्षेत्रसँग सहकार्य, युवा सहभागिता र ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणासम्म समेटिएको छ।
केन्द्रीय समिति बैठकले बन्दसत्रका एजेन्डा पनि तय गर्नेछ। केन्द्रीय समिति बैठकपछि खुलामञ्चमा बन्द सत्र चल्नेछ।
तस्बिरहरू —
-1791180641.png)
-1791180644.png)
-1791181155.jpg)
-1791181154.jpg)
-1791181154.jpg)
-1791181155.jpg)
-1791181155.jpg)
-1791181155.jpg)
-1791181155.jpg)
-1791181155.jpg)
-1791181156.jpg)
-1791181156.jpg)
-1791181156.jpg)
-1791181156.jpg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।