नेपाली कांग्रेसको महामन्त्री पदमा रञ्जित कर्णले उम्मेदवारी घोषणा गरेका छन्।
सप्तरीबाट महाधिवेशन प्रतिनिधि रहेका उनले आज महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
उनी राष्ट्रिय सभा सांसद पनि हुन्।
कर्णले काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
कांग्रेसमा १ महिलासहित ३ महामन्त्री प्रस्ताव गरिएको छ।