नेपाली कांग्रेसकी नेता महालक्ष्मी उपाध्याय 'डिना' ले महामन्त्री पदमा उम्मेदवारी दिने भएकी छन्।
१५ औं महाधिवेशनअन्तर्गत मंगलबार उम्मेदवारी दर्ता हुँदैछ।
सोमबार सेतोपाटीसँग कुराकानी गर्दै उनले आफू महामन्त्री पदमा उम्मेदवारी दिने बताएकी हुन्।
‘म महामन्त्री पदमा उम्मेदवारी दिँदैछु,’ उनले भनिन्।
उनी २०७८ सालमा भएको १४ औं महाधिवेशनमा सहमहामन्त्रीमा निर्वाचित भएकी थिइन्।
कांग्रेसमा एक महिलासहित ३ महामन्त्री रहने प्रस्ताव छ।