नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उम्मेदवारी दिने भएका छन्।
१५औं महाधिवेशनअन्तर्गत मंगलबार उम्मेदवारी दर्ताको कार्यक्रम छ।
मेयर महर्जनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको उनको सचिवालयले जनाएको छ।
उनले केन्द्रीय सदस्य खुलातर्फ उम्मेदवारी दिने भएका हुन्।
उनी कांग्रेसबाट उम्मेदवार भई दोस्रो कार्यकाल ललितपुर महानगरमा मेयर छन्।