नेपाली कांग्रेसको महामन्त्री पदमा डिला संग्रौला पन्तले उम्मेदवारी घोषणा गरेकी छन्।
उनी गत पुसमा भएको विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेकी थिइन्।
साथै २०७८ सालमा भएको महाधिवेशनमा उनी केन्द्रीय सदस्य थिइन्।
उनले आज पत्रकार सम्मेलन गरी महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी हुन्।
कांग्रेसमा एक महिलासहित ३ महामन्त्री रहने प्रस्ताव छ।
महामन्त्रीमा निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले पनि उम्मेदवारी घोषणा गरेकी छन्।