नेपाली कांग्रेस केन्द्रीय सदस्य पदमा मुकेश घिमिरेले उम्मेदवारी घोषणा गरेका छन्।
सिन्धुलीका उनले युवातर्फ (३५ वर्षमुनि) केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।
कांग्रेसमा ३५ वर्षमुनिका २१ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ।
उनले बागमती प्रदेशबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
‘रूपान्तरणको अभियानलाई संस्थागत गर्न मैले आफ्नो उम्मेदवारी प्रस्तुत गरेको छु,’ उनले भनेका छन्, ‘नेपाली कांग्रेसलाई अनुभव र उर्जाको संगम बनाउन मेरो प्रयत्न रहनेछ। अग्रजको बलिदान र योगदान हाम्रो इतिहास मात्र होइन गर्विलो सम्पती हो। त्यो संरक्षण गर्नु हाम्रो संस्कार हो।’
सात प्रदेशबाट ३ जनाका दरले २१ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।