काठमाडौं, असोज १९ गते । अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
काठमाडौँ चारबाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका शेर्पाले आदिवासी क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
विद्यार्थी जीवनदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय शेर्पाले पार्टीको विभिन्न तहमा रहेर आफ्नो जिम्मेवारी काम गरेका छन्।
नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्यसमेत रहेका शेर्पाले खेलकुद क्षेत्रको सम्मानजनक सहभागिता, अवसर र नेतृत्वलाई अझ बलियो बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन्।
पूर्नस्थापित नेपाल तरुण दलको कार्यलय सचिव तथा केन्द्रीय सदस्य पनि हुन्।
दुई दशक लामो समयदेखि नेपाली फुटबलको विकासमा लागि परेका शेर्पा एन्फाका निर्वमान अध्यक्ष र ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पाका अध्यक्षसमेत हुन् ।