नेपाली कांग्रेसकी नेता जानुका पन्तले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्।
१५औँ महाधिवेशनमा खस आर्य महिला समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्दै पन्तले पार्टी संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउँदै अधिकार र नेतृत्वको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिइन्।
उनले महिलाको उचित नेतृत्व र क्षमता विकासलाई आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सारेकी छन्। पन्तले कांग्रेसभित्र तल्लो तहका कार्यकर्ताको भूमिका र अधिकारलाई थप प्रभावकारी बनाउँदै प्रत्यक्ष संवादमार्फत जनताका समस्या र मुद्दालाई पार्टीको प्राथमिकतामा राख्ने बताएकी छन्।
उनी गोरखा १ बाट महाधिवेशन प्रतिनिधि छिन्।