नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि कमला हमालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन्।
कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत मंगलबार मनोनयन दर्ताको कार्यक्रम छ।
हमालले ३५ वर्षमुनि युवातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको सेतोपाटीलाई जानकारी दिइन्।
‘युवाको आवाज केन्द्रीयस्तरमा पुर्याउन, शिक्षा, रोजगारी र उद्यमशीलता प्रबर्द्धन गर्न, महिला र युवाको सशक्तीकरणका लागि र पार्टीलाई अझै संगठित बनाउन मैले उम्मेदवारी दिन लागेको हुँ,’ उनले भनिन्।
उनी २०७८ सालमा भएको १४ औं महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधि थिइन्।