नेपाली कांग्रेसकी सांसद सीता थपलिया उर्मिलाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन्।
१५ औं महाधिवेशनअन्तर्गत मंगलबार उम्मेदवारी दर्ताको कार्यक्रम छ।
प्रतिनिधि सभा सांसद थपलियाले खुला महिलातर्फ उम्मेदवारी दिन लागेकी हुन्।
उनी १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य थिइन्।