नेपाली कांग्रेस गोरखा १ का महाधिवेशन प्रतिनिधि रहमतुल्ला मियाँले १५ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
महाधिवेशनअन्तर्गत मंगलबार उम्मेदवारी दर्ताको तालिका छ।
मियाँले मुस्लिम कलस्टरतर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेका हुन्।
उनी गोरखा नगरपालिका २ का वडाध्यक्ष पनि हुन्।
उनले ताप्लेस्थित महालक्ष्मी माविमा २२ वर्ष प्रधानाध्यापक रहेर काम गरेका थिए। त्यसपछि उनी कांग्रेस राजनीतिमा सक्रिय छन्।