त्रिभुवन विश्वविद्यालय स्ववियुका पूर्वसभापति श्यामराज ओझा नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवार हुने भएका छन्।
१५ औं महाधिवेशनअन्तर्गत मंगलबार उम्मेदवारी दर्ताको कार्यक्रम छ।
ओझा डोटीबाट महाधिवेशन प्रतिनिधि छन्।
उनले ३५ वर्षमुनि युवा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका हुन्। कांग्रेसमा ३५ वर्षमुनिका २१ जना केन्द्रीय सदस्य रहने व्यवस्था छ।
उनी नेविसंघबाट पार्टी राजनीतिमा सक्रिय भएका हुन्।