नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्रकान्त भण्डारीले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।
भण्डारीले ‘साध्य–समृद्ध मुलुक, खुसी नेपाली’ र ‘साधन–समयअनुकूल विचार बोकेर हिँड्ने पार्टी निर्माण’लाई आफ्नो उम्मेदवारीको मुख्य लक्ष्यका रूपमा अघि सारेका छन्।
उम्मेदवारी घोषणा गर्दै उनले कांग्रेसले इतिहास निर्माण गरिसकेको उल्लेख गर्दै अब भविष्य निर्माण गर्ने जिम्मेवारी पार्टीको वर्तमान पुस्ताको काँधमा आएको बताएका छन्।
उनले समृद्ध नेपाल, सुखी नेपाली र रूपान्तरित कांग्रेस निर्माणका लागि आफूलाई उपसभापतिमा विजयी गराउन महाधिवेशन प्रतिनिधिहरूसँग आग्रह गरेका छन्।
भण्डारीले आफ्नो उम्मेदवारीलाई समयअनुकूल विचार, संगठनको रूपान्तरण र मुलुकको समृद्धिसँग जोडेर अघि बढाउने बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा हुने क्रम जारी छ।
मंगलबार उम्मेदवार दर्ता कार्यक्रम छ।
भण्डारी १४औं महाधिवेशनमा पनि उपसभापति पदमा उम्मेदवार भएका थिए।