नेपाली कांग्रेसको १५औं महाधिवेशनको लागि मतदाता नामावली प्रकाशन भएको छ।
सोमबार राति नै कांग्रेसको केन्द्रीय निर्चन समितिले मतदाता नामावली पहिलो पटक प्रकाशन गरेको हो।
महाधिवेशनमा कुल ७ हजार ११४ जना कुल मतदाताको रहेको समितिले जनाएको छ।
अहिले प्रकाशन गरिएको नामावलीमा छुटेका प्रतिनिधिको नाम अन्तिम नामावलीमा प्रकाशन गरिने समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।
मंगलबार बिहान साढे ९ बजेसम्म मतदाता नामावली प्रकाशनमाथि दाबी विरोधको समय तोकेको छ।
साढे ९ बजेदेखि साढे १० बजेसम्म दाबी विरोध माथि जाँचबुझको समय छ।
साढे ११ बजेसम्म मतदाताको अन्तिम नामावली प्रकाशन हुने भनिएको छ।
त्यस्तै मनोनयनका लागि बिहान १० बजे नै फारम वितरण सुरू हुनेछ।
दिउँसो साढे १२ बजेदेखि ४ बजेसम्मम उमेदवारीका लागि मनोनयनपत्र दर्ता गर्ने समय दिइएको छ। निर्वाचन समितिको कार्यालय राष्ट्रिय सभागृहमा स्थापना गरिने र उम्मेदवारीको फारम वितरण तथा उम्मेदवारी दर्ता त्यही हुने सदस्य सचिव कटुवालले जानकारी दिए।