नेपाली कांग्रेसका नेता दिनेश सुनारले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (दलित खुलातर्फ) उम्मेदवारी दिने घोषणा गरेका छन्।
विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका सुनारले जारी महाधिवेशनमा दलित खुलातर्फबाट पुनः केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेका हुन्।
उम्मेदवारी घोषणा गर्दै सुनारले महाधिवेशन प्रतिनिधिहरूको माया, विश्वास, अमूल्य मत तथा साथ–सहयोगलाई आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताएका छन्।
उनले यस यात्रामा पनि प्रतिनिधिहरूको साथ र सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेका छन्।
विशेष महाधिवेशनबाट केन्द्रीय जिम्मेवारीमा पुगेका सुनारले पार्टीभित्र दलित समुदायको प्रतिनिधित्व र आवाजलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उम्मेदवारी अघि सारेका हुन्।