नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजालले उपसभापति पदमा उम्मेदवारी दिने भएका छन्।
कांग्रेसमा एक वरिष्ठसहित ४ जना उपसभापति रहने व्यवस्था छ।
रिजालले उपसभापति खुलातर्फ उम्मेदवारी दिन लागेका छन्।
‘मैले उपसभापति पदमा उम्मेदवारी दिने निष्कर्ष निकालेको छु, उम्मेदवारी दिन्छु,’ उनले सेतोपाटीसँग भने।
उनी मोरङबाट महाधिवेशन प्रतिनिधि भएका थिए। १५ औं महाधिवेशनअन्तर्गत आज उम्मेदवारी दर्ताको कार्यक्रम छ।
रिजाल २०७८ सालमा भएको १४ औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार थिए।
उपसभापति पदमा अहिलेसम्म रिजालसहित, संसदीय दल नेता भीष्मराज आङ्देम्बे, पूर्वउपसभापति धनराज गुरूङ, पूर्वसहमहामन्त्री जीवन परियार, प्रवक्ता देवराज चालिसे, केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्की, विनोद चौधरी, गोविन्द भट्टराई, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, चन्द्र भण्डारीलगायतले उम्मेदवारी दिने तयारी गरेका छन्।
महिला उपसभापति पदका लागि पुष्पा भुसालले उम्मेदवारी दिने तयारी गरेकी छन्।
वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माले उम्मेदवारी दिने तयारी गरेका छन्।