नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बलदेव तिमल्सिनाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित तिमल्सिना नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्रीसमेत हुन्।
विद्यार्थी राजनीतिबाट कांग्रेसको संगठनमा सक्रिय रहँदै आएका उनले पार्टीको आन्तरिक लोकतन्त्र, संगठन सुदृढीकरण र युवा पुस्ताको भूमिकालाई प्राथमिकतामा राख्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताएका छन्।
कांग्रेसको विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउने क्रममा महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलनदेखि विभिन्न चरणमा तिमल्सिनाले सक्रिय भूमिका निर्वाह गरेका थिए।
लामो समयदेखि कांग्रेस र नेविसंघको संगठनमा सक्रिय तिमल्सिनाले पार्टीलाई थप लोकतान्त्रिक, गतिशील र जनमुखी बनाउने उद्देश्यसहित आफ्नो उम्मेदवारी अघि सारेका हुन्।