नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेश सांसद अनुराग खड्काले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
अनुरागले जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
अनुराग गत पुसमा काठमाडौंमा भएको विशेष महाधिवेशनमा सहभागी भएका थिए।
२८ वर्षको उमेरमा उनी २०७९ सालको निर्वाचनमा दाङ निर्वाचन क्षेत्र नं. १ (२) बाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। त्यतिबेला उनी लुम्बिनी प्रदेश सभाकै सबैभन्दा कम उमेरका सदस्य थिए।
बुवा खुमबहादुरको निधनपछि पहिलो पटक कांग्रेस राजनीतिमा सक्रिय भएका अनुराग १४औँ महाधिवेशनमा आफ्नो क्षेत्रबाट सर्वाधिक मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए।
१५औँ महाधिवेशनका लागि पनि अनुरागले ६६१ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।