नेपाली कांग्रेसको केन्द्रीय सदस्य खुलातर्फ अमृत ज्ञवालीले उम्मेदवारी दर्ता गराएका छन्।
गुल्मी–१ बाट महाधिवेशन प्रतिनिधि रहेका ज्ञवाली इञ्जिनियर हुन्। उनी १४औँ महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधि थिए।
सभापति गगन थापासँग रहेर काम गरेका ज्ञवाली कांग्रेसभित्र वैचारिक युवा नेताका रूपमा परिचित छन्।
केन्द्रीय सदस्य खुलातर्फ उम्मेदवारी दिएपछि ज्ञवालीले यो प्रतिनिधि छान्ने अवसर मात्र नभई पार्टीको आगामी दिशा तय गर्ने अवसरसमेत भएको बताएका छन्।
‘यो प्रतिनिधि छान्ने अवसर मात्र नभई पार्टीको आगामी दिशा तय गर्ने अवसर पनि हो। र, म ठान्दछु–यो जिम्मेवारी सक्रिय, जमिनसँग जोडिएको र काम गर्न तयार व्यक्तिले पाउनुपर्छ,’ उनले भने, ‘मैले पार्टी संगठनमा बिताएको समय, गरेको मिहिनेत र भोगेको अनुभवले मलाई यो प्रतिनिधित्वका लागि योग्य बनाएको छु भन्ने विश्वास लिएको छु। केन्द्रीय सदस्यमा सबैको साथ पाउने अपेक्षा राखेको छु।’