नेपाली कांग्रेसका नेता कुमार लुइटेलले १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य खुलातर्फ उम्मेदवारी दर्ता गराएका छन्।
ओखलढुंगाका लुइटेल गत प्रतिनिधिसभा निर्वाचनमा ५ मतको झिनो अन्तरले पराजित भएका थिए।
करिब तीन दशकदेखि नेविसंघ हुँदै राजनीतिमा सक्रिय लुइटेलले आफ्नो उम्मेदवारीलाई पार्टीभित्र पुस्तान्तरण, सांगठनिक रूपान्तरण र कार्यकर्ताको न्यायका लागि भएको बताएका छन्।
हालै ओखलढुंगाबाट सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएका उनले कार्यकर्ताको विश्वासलाई आफ्नो मुख्य शक्ति बताएका छन्।
गुटबन्दीको अन्त्य, विधि–पद्धतिको पालना र पार्टीलाई समयसापेक्ष, प्रविधिमैत्री तथा जनमुखी बनाउने उद्देश्यले उम्मेदवारी दिएको लुइटेलको भनाइ छ।
गत निर्वाचनमा ५ मतले पराजित भए पनि त्यसलाई हार नभई थप जिम्मेवारीबोधका रूपमा लिएको उनले बताएका छन्।