नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत जारी चुनावी सरगर्मीका बीच डा. सुनिलकुमार शर्माले महामन्त्री पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
मंगलबार काठमाडौंको खुलामञ्चमा उनले औपचारिक रूपमा उम्मेदवारीको घोषणा गरेका हुन्।
आइतबारबाट सुरू भएको नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा नेतृत्व चयनको प्रक्रियाले गति लिएको छ।
उम्मेदवारी घोषणा गर्दै डा. शर्माले पार्टीमा आमूल परिवर्तन, युवा पुस्ताको नेतृत्व र संस्थागत सुदृढीकरणका लागि आफ्नो उम्मेदवारी रहेको बताए।
उनले कांग्रेसलाई थप गतिशीलता प्रदान गर्न आवश्यक रहेकोमा जोड दिए।