नेपाली कांग्रेसको महामन्त्री पदका लागि नैनसिंह महरले उम्मेदवारी दिएका छन्।
मंगलबार दिउँसो २ बजेपछि राष्ट्रिय सभा गृहमा मनोनयनका लागि खुला भएसँगै १५औं महाधिवेशनमा महरले महामन्त्री पदका लागि उम्मेदवारी दिएका हुन्।
आफूले तीन वर्ष अगाडि देखि नै महामन्त्री पदका लागि उम्मेदवारी दिने तयारी गरेको बताए।
उनले आफू कुनै समूहको आग्रहमा नभई आफ्नै निर्णय र राजनीतिक योजनाअनुसार उम्मेदवार बनेको बताएका छन्।
महरले कांग्रेसभित्र विभाजित रहेका विभिन्न धारलाई एक ठाउँमा ल्याएर पार्टीलाई बलियो बनाउने आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन्।