नेपाली कांग्रेसका सहमहामन्त्री उदयशम्शेर राणाले महामन्त्री पदमा उम्मेदवारी दिएका छन्।
उनले आज राष्ट्रिय सभागृह पुगेर महामन्त्री पदमा उम्मेदवारी दर्ता गरेका हुन्।
उनले खुला महामन्त्री पदमा उम्मेदवारी दिएका छन्। कांग्रेसमा एक महिलासहित ३ महामन्त्री रहने व्यवस्था छ।
राणा विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका थिए।