नेपाली कांग्रेसका नेता दीपक गिरीले उपसभापति पदमा उम्मेदवारी दिएका छन्।
केन्द्रीय सदस्य रहेका गिरीले आज राष्ट्रिय सभागृह पुगेर उपसभापति पदमा उम्मेदवारी दिएका हुन्।
१५ औं महाधिवेशनका लागि आज उम्मेदवारी दर्ता भइरहेको छ।
गिरी दाङबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए।