नेपाली कांग्रेसको उपसभापति पदमा मधु आचार्यले उम्मेदवारी दर्ता गरेका छन्।
केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा केन्द्रीय नीति, अनुसन्धान प्रशिक्षण प्रतिष्ठानका उपप्रमुख आचार्यले आज राष्ट्रिय सभागृह पुगेर उम्मेदवारी दर्ता गरेका हुन्।
आचार्यले गत पुसमा भएको विशेष महाधिवेशन सम्पन्न गर्न भूमिका खेलेका थिए।