नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले उपसभापति पदमा उम्मेदवारी दिएका छन्।
१५औं महाधिवेशनका लागि उनले आज राष्ट्रिय सभागृह पुगेर उपसभापति खुलातर्फ उम्मेदवारी दिएका हुन्।
उनी तनहुँबाट महाधिवेशन प्रतिनिधि छन्। उनी नेविसंघ पूर्वअध्यक्ष पनि हुन्।