नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रमेश धमलाले उम्मेदवारी दर्ता गरेका छन्।
आज १५ औं महाधिवेशनका लागि उम्मेदवारी दर्ता भइरहेको छ।
उनले राष्ट्रिय सभागृह पुगेर उम्मेदवारी दर्ता गरेका हुन्।
धमला विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य छन्। साथै अनुशासन समितिका कार्यवाहक संयोजक पनि छन्।
उनी धादिङ कांग्रेसका पूर्वसभापति पनि हुन्। उनले सहमहामन्त्री खुलातर्फ उम्मेदवारी दर्ता गरेका छन्।