नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छन्।
उनले आज राष्ट्रिय सभा गृह पुगेर केन्द्रीय सदस्य खुला महिलातर्फ उम्मेदवारी दिएकी हुन्।
आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको उनले सेतोपाटीलाई बताइन्।
उनी गत फागुनको निर्वाचनबाट प्रतिनिधि सभा सांसद भएकी थिइन्।