गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले उपसभापति पदमा उम्मेदवारी दिएका छन्।
आज १५ औं महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता भइरहेको छ।
पाण्डेले राष्ट्रिय सभागृह पुगेर उपसभापति खुलातर्फ उम्मेदवारी दिएका हुन्।
उनी गण्डकी प्रदेश कांग्रेस संसदीय दल नेता पनि हुन्।
पाण्डे नेविसंघ, नेपाल तरूण दल हुँदै कांग्रेस राजनीतिमा लामो समयदेखि क्रियाशील छन्।