नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा महामन्त्री पदमा डिला संग्रौला पन्तले उम्मेदवारी दर्ता गरेकी छन्।
सहमहामन्त्री पन्तले आज राष्ट्रिय सभागृह पुगेर उम्मेदवारी दर्ता गरेकी हुन्।
उनले महामन्त्री महिलातर्फ उम्मेदवारी दर्ता गरेकी छन्।
उनी गत पुसमा भएको विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेकी थिइन् भने १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य भएकी थिइन्।