नेपाली कांग्रेसका नेता मनिषकुमार मिश्रले सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गरेका छन्।
१५ औं महाधिवेशनअन्तर्गत आज उम्मेदवारी दर्ता भइरहेको छ।
उनले राष्ट्रिय सभागृह पुगेर सहमहामन्त्री मधेसीतर्फ उम्मेदवारी दर्ता गरेका छन्।
उनी लोसपा हुँदै गत चुनावअघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। उनलाई कांग्रेसले केन्द्रीय सदस्य मनोनीत गरेको थियो।