नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले जारी १५ औं महाधिवेशनमा केन्द्रीय कार्यसमितिको कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेकी छिन्।
१२ औं र १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित उनी १४ औं महाधिवेशनमा झिनो मतले सहमहामन्त्रीमा पराजित भएकी थिइन्।
‘विद्यार्थी जीवनदेखि आफू राजनीतिमा निरन्तर लाग्दैगर्दा वैवाहिक जीवन पनि एक राजनीतिकर्मीसँग हुन पुगेको एउटा संयोग थियो। तर परिवारवादको संभावित आरोपबाट पार्टीलाई बचाउनु आफ्नो कर्तब्य ठान्दै उम्मेदवारी प्रकृयाबाट अलग बस्ने निर्णय लिएको छु,’ उनले भनिन्।
उनी गोरखाबाट निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएकी थिइन्।
उनका श्रीमान् मधु आचार्य उपसभापति पदमा उम्मेदवार छन्।